‘हाउसफुल ५’ को ट्रेलर सार्वजनिक, हत्या रहस्यमा आधारित कथा
5 दिन पहिले प्रकाशित

एजेन्सी, जेठ १४ गते । बलिउड अभिनेता अक्षय कुमार अभिनीत बहुप्रतीक्षित फिल्म हाउसफुल ५ को ट्रेलर सार्वजनिक गरिएको छ। मंगलवार साजिद नाडियाडवाला ग्यान्डसन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ट्रेलरमा हास्यरससँगै रहस्य र रोमाञ्च मिसिएको देखिन्छ। फिल्मको कथावस्तु रञ्जितको सम्पत्तिको उत्तराधिकारी घोषणा र एक हत्याराको खोजीमा केन्द्रित छ।
तरुण मनसुखानी निर्देशित यस फिल्ममा अक्षय कुमारसँगै अभिषेक बच्चन, रितेश देशमुख, ज्याकलीन फर्नांडिस, श्रेयस तलपडे, फरदीन खान, चंकी पान्डे, सौन्दर्या शर्मा, जोनी लिवरलगायत कलाकारको अभिनय रहेको छ। साथै, सञ्जय दत्त र ज्याकी श्राफजस्ता अनुभवी कलाकारको पनि फिल्ममा विशेष भूमिका छ। हास्य, रहस्य र स्टार पावरले भरिएको यो फिल्म २०२५ जुन ६ मा प्रदर्शनमा आउनेछ।
कमेन्ट गर्नुहोस्
view comments