भारतमा कोरोना फेरि तीव्र, बलिउड अभिनेत्री निकिता दत्ता र आमा संक्रमित

10 दिन पहिले प्रकाशित

एजेन्सी, जेठ ९ गते । भारतमा फेरि कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिन थालेको छ, जसको असर बलिउडमा समेत देखिन थालेको छ। हालै मात्र ‘बिग बोस १८’ फेम शिल्पा शिरोडकर संक्रमित भएको खबर सार्वजनिक भइसकेको थियो, अब अभिनेत्री निकिता दत्ता र उनकी आमा पनि कोरोना पोजेटिभ देखिएका छन्। निकिताले सामाजिक सञ्जालमार्फत आफू र आमालाई संक्रमण भएको जानकारी दिँदै सबैलाई सतर्क रहन आग्रह गरेकी छन्।

निकिता अहिले घरमै क्वारेन्टिनमा रहेकी छन् भने संक्रमणका हल्का लक्षण देखिएको बताएकी छन्। उनका फ्यानहरूले सामाजिक सञ्जालमा चाँडो स्वास्थ्य लाभको शुभकामना दिइरहेका छन्। यसअघि संक्रमित भएकी अभिनेत्री शिल्पा शिरोडकरले भने अहिले आफू पूर्णरूपमा स्वस्थ भइसकेको जानकारी दिँदै फ्यानहरूको माया र समर्थनप्रति आभार व्यक्त गरेकी थिइन्। भारतमा संक्रमण फेरि बढ्न थालेपछि सतर्कता अपनाउन स्वास्थ्य विशेषज्ञहरूले आग्रह गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?