गायक राहुल वैद्यले देशहितका कारण ५० लाखको अफर अस्वीकार

2 महीना पहिले प्रकाशित

एजेन्सी, जेठ ५ गते । भारतीय गायक राहुल वैद्यले देशभक्तिको उदाहरण प्रस्तुत गर्दै तुर्कीमा विवाह समारोहमा प्रस्तुति दिने ५० लाख भारूको अफर अस्वीकार गरेका छन्। उनले यही जुलाई ५ मा हुने विवाहमा प्रस्तुति दिन तुर्कीबाट प्रस्ताव पाएका थिए। तर, भारतविरोधी गतिविधिका कारण तुर्कीमा आफ्नो प्रस्तुति उपयुक्त नहुने ठानी उनले प्रस्ताव अस्वीकार गरेका हुन्।

नवभारत टाइम्ससँगको कुराकानीमा राहुलले भने, "मलाई ५० लाख भारू दिने अफर आएको थियो, तर देशभन्दा ठूलो पैसा होइन।" उनले भारतविरोधी देशमा आफ्ना सेवाहरू दिन इच्छुक नरहेको स्पष्ट पारे। साथै, उनले भारतीयहरूले तुर्कीमा धेरै खर्च गर्ने र त्यहाँ विवाह तथा भ्रमणका लागि जाने प्रवृत्तिलाई पनि प्रश्न गर्दै भने, "हामी किन यस्तो देशमा पैसा खर्च गर्ने, जुन हाम्रो विरोधमा उभिएको छ?"

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?