तुषार कपूर र श्रेयस तलपडे अभिनीत 'कपकपी' को ट्रेलर सार्वजनिक, २३ मेदेखि प्रदर्शन
24 दिन पहिले प्रकाशित

एजेन्सी, जेठ १ गते । बलिउड अभिनेता तुषार कपूर र श्रेयस तलपडे अभिनीत नयाँ फिल्म कपकपी को ट्रेलर सार्वजनिक गरिएको छ। जी स्टुडियोजको युट्युब च्यानलमार्फत सार्वजनिक ट्रेलरमा अनामिका नामकी आत्माले मुख्य पात्रहरूलाई डराउने कथा प्रस्तुत गरिएको छ। तुषारले सामाजिक सञ्जालमा ट्रेलर सार्वजनिक गर्दै “उनीहरूलाई लाग्यो कि यो खेल मात्र हो, तर आत्माहरूको अर्को योजना थियो” भन्दै फिल्मले हाँसो ल्याउने प्रयास गर्ने उल्लेख गरेका छन्।
स्व. निर्देशक संगीत सिवन निर्देशित फिल्ममा तुषार र श्रेयससँगै सिद्धी इदनानी, सोनिया राठी, इशिता राज शर्मा र जाकिर हुसैनले अभिनय गरेका छन्। हल्का डर र हास्य मिश्रण भएको कपकपी आउँदो २३ मेदेखि प्रदर्शनमा आउनेछ।
कमेन्ट गर्नुहोस्
view comments