भारत–पाकिस्तान तनावका कारण आईपीएल रद्द
24 घन्टा पहिले प्रकाशित

काठमाडौं, वैशाख २६ गते । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) को बाँकी खेलहरू रद्द गर्ने निर्णय गरेको छ। शुक्रबारदेखि सञ्चालन हुने भनिएका सबै खेलहरू स्थगित गरिएका छन्। भारत र पाकिस्तानबीच बढ्दो सैन्य तनावका कारण यस्तो निर्णय गरिएको हो। दुबै देशले एकअर्काविरुद्ध सैन्य कारबाही सुरु गरेपछि आईपीएल खेल हुने स्टेडियमहरूमा बम आक्रमणको धम्कीसमेत आएका थिए, जसले सुरक्षा चुनौती थपिएको बीसीसीआईले जनाएको छ।
अत्याधिक तनावको कारण विदेशी खेलाडीहरू पनि त्रसित बनेका छन् र स्वदेश फर्कन चाहिरहेका छन्। हालसम्म १८औं संस्करणमा ५८ खेल सम्पन्न भइसकेका छन्। बाँकी खेलहरू रद्द गर्नुअघि बीसीसीआईले भारत सरकार तथा आईपीएलमा सहभागी सबै टिमहरूसँग सल्लाह गरेको थियो। सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सबै पक्षको सहमतिमा आईपीएल स्थगित गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
कमेन्ट गर्नुहोस्
view comments