एजेन्सी, वैशाख २२ गते । भारतीय गायक सोनू निगमविरुद्ध कन्नड समुदायको भावना मा ठेस पुर्याएको आरोपमा बेंगलुरूको अवलाहल्ली प्रहरी स्टेशनमा उजुरी दर्ता गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार, निगमले एक कलेजमा प्रस्तुति दिने क्रममा हिन्दी गीत गाइरहेका बेला दर्शकले कन्नड गीतको माग गर्दा उनले गीत गाउन रोकेका थिए, जसका कारण विवाद उत्पन्न भएको हो।
उक्त घटनापछि सोनू निगमले इन्स्टाग्राममार्फत एक भिडियो जारी गर्दै आफूमाथि लगाइएको आरोप अस्वीकार गरेका छन्। उनले भने, "मायाले कुरा गर्नु र धम्काउनुमा फरक हुन्छ। ती केही गुन्डा शैलीका व्यक्ति कराइरहेका थिए, तर अन्य दर्शक विशेषगरी युवतीहरू भने शान्त गराउन खोजिरहेका थिए।" निगमले कन्नड समुदायप्रति सम्मान व्यक्त गर्दै घटना गलत रूपमा व्याख्या गरिएको गुनासो गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments