राजामौलीको ‘महाभारत’ मा नानी अनुबन्धित, ‘एसएसएमबी २९’ पछि छायांकन सुरु हुने
9 घन्टा पहिले प्रकाशित

एजेन्सी, वैशाख १६ गते । ‘आरआरआर’ मार्फत ओस्कार जित्दै इतिहास रचेका निर्देशक एसएस राजामौली अहिले अभिनेता महेश बाबू र प्रियंका चोपडासँग ‘एसएसएमबी २९’ मा व्यस्त छन्। फिल्मको छायांकन सुरू भइसकेको छ भने दर्शक राजामौलीको आगामी योजनाबारे निकै उत्साहित छन्।
हालै हैदराबादमा आयोजित एक कार्यक्रममा उनले आफ्नो बहुप्रतीक्षित ड्रिम प्रोजेक्ट ‘महाभारत’को तयारीबारे चर्चा गर्दै यस फिल्ममा चर्चित अभिनेता नानी अनुबन्धित भइसकेको खुलासा गरेका छन्। राजामौलीले ‘एसएसएमबी २९’ को छायांकन सकिएलगत्तै ‘महाभारत’को तयारीमा जुट्ने जानकारी दिएका छन्। नानीको सहभागिताले दर्शकहरूको उत्सुकता झनै बढेको छ।
कमेन्ट गर्नुहोस्
view comments