पहिलो विवाह असफलतापछि आत्महत्या सोचेका थिए अभिनेता मनोज बाजपेयी

7 दिन पहिले प्रकाशित

एजेन्सी,वैशाख १० गते । तीन दशकभन्दा बढी समयदेखि फिल्म उद्योगमा सक्रिय भारतीय अभिनेता मनोज बाजपेयीले आफ्नो अभिनय यात्रा जति सफल रह्यो, व्यक्तिगत जीवनमा भने एउटा गम्भीर मोड आएको थियो। पहिलो विवाह दुई महिनामै टुटेपछि उनी यति निराश भए कि आत्महत्या गर्ने विचारसम्म गरेका थिए। भारतीय सञ्चारमाध्यम दैनिक भास्कर का अनुसार, त्यतिबेला उनका साथीहरूले उनलाई ज्यान लिनबाट रोक्दै जीवनमा पुनः उभिन प्रेरित गरेका थिए।

मनोजको पहिलो प्रेम दिव्या नामकी युवती थिइन्, जो दिल्लीमा ग्रेजुएशन गर्दै थिइन् र एक्ट वन थिएटर ग्रुपमा रिहर्सलमा आउँथिन्। पहिलो नजरमै प्रेममा परेका उनीहरूले लक्ष्मी नगरको मन्दिरमा विवाह गरे, तर दिव्याको सम्पन्न परिवार र मनोजको कमजोर आर्थिक अवस्थाबीचको खाडलले सम्बन्धलाई दीर्घकालीन बन्न दिएन। आर्थिक संकटका कारण विवाह पछि उनीहरूको सम्बन्ध चाँडै टुट्यो, जसले मनोजको जीवनमा गहिरो प्रभाव पारेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?