‘बागबान’मा हेमा मालिनी होइन, पहिलो प्रस्ताव तब्बूलाई! चार सन्तानकी आमा बन्न नमानेर गुमाइन् ऐतिहासिक फिल्म

1 दिन पहिले प्रकाशित

एजेन्सी, वैशाख ८ गते ।  सन् २००३ मा रिलिज भएको बलिउडको भावनात्मक फिल्म ‘बागबान’ ले धेरै दर्शकलाई भावुक बनाएको थियो। अमिताभ बच्चन र हेमा मालिनीले चार सन्तानका बाबुआमाको भूमिका निर्वाह गरेका थिए। तर, सुरुमा हेमा मालिनीको स्थानमा अभिनेत्री तब्बूलाई यो भूमिका अफर गरिएको थियो। फिल्मका निर्देशक रवि चोपडाकी श्रीमती रेनु चोपडाले एक अन्तर्वार्तामा खुलासा गरेअनुसार, तब्बूलाई स्क्रिप्ट निकै मन परे पनि उनले चार सन्तानकी आमाको भूमिका निभाउन अस्वीकार गरिन्।

रेनु चोपडाका अनुसार, तब्बू स्क्रिप्ट पढ्दा नै रोएकी थिइन्, तर फिल्म नगर्ने निर्णय लिइन्। उनले भनेकी थिइन्— “मलाई कहानी मन पर्यो, तर म चार सन्तानकी आमा बन्न चाहन्न। मेरो करियरको यात्रा अझै अगाडि छ, मलाई माफ गर्नुहोस्।” पछि फिल्म रिलिज भएपछि तब्बूले आफ्नी मौसीसँग फिल्म हेर्दा उक्त निर्णयप्रति पछुतो जनाएकी थिइन्। उनकी मौसीले उनलाई गाली गर्दै भनिछिन्, “तिमीले यस्तो राम्रो फिल्म किन गुमायौ? चप्पल निकालेर हानिदिन्छु।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?