"डिभोर्सपछि प्रेम चर्चामा सामन्था, निर्देशक राज निदिमोरूसँग सम्बन्धको चर्चा"
4 घन्टा पहिले प्रकाशित

एजेन्सी, वैशाख ७ गते । दक्षिण भारतीय चर्चित अभिनेत्री सामन्था रूथ प्रभु हाल पुनः प्रेमसम्बन्धको चर्चामा आएकी छन्। डिभोर्सपछि सार्वजनिक रुपमा व्यक्तिगत जीवनबारे कम बोलेकी सामन्था पछिल्ला केही समयदेखि निर्देशक राज निदिमोरूसँग विभिन्न स्थानमा देखिएपछि उनीहरूको सम्बन्धबारे अड्कलहरू सुरु भएका छन्। भारतीय सञ्चारमाध्यम दैनिक जागरण का अनुसार, उनीहरूलाई खेलकुद कार्यक्रम, पार्टी र मन्दिरमा समेत सँगै देखिएको हो, जसका कारण सामाजिक सञ्जालमा 'दोस्रो विवाह पक्का भयो' जस्ता टिप्पणीहरू आउन थालेका छन्।
निर्देशक राज निदिमोरू भारतका सफल वेब सिरिज निर्मातामा गनिन्छन्। डीकेसँग मिलेर 'द फ्यामेली म्यान', 'फर्जी' लगायतका चर्चित सिरिज निर्माण गरिसकेका उनले अहिले वरुण धवन र सामन्था अभिनीत 'सिटाडेल: हनी बनी' मा काम गरिरहेका छन्। सामन्थाले सन् २०१७ मा अभिनेता नागा चैतन्यसँग विवाह गरेकी थिइन् भने सन् २०२१ मा दुवैले सहमतिमा सम्बन्ध विच्छेद गरेका थिए। पछिल्लो समय उनको नाम पुनः प्रेम प्रसंगमा जोडिनु मनोरञ्जन क्षेत्रमा चर्चाको विषय बनेको छ।
कमेन्ट गर्नुहोस्
view comments