मधेश प्रदेश सभाको चौथो अधिवेशन अन्त्य
5 महीना पहिले प्रकाशित

जनकपुरधाम, चैत ३१ गते । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्को २०८१ चैत ३० गते सम्पन्न बैठकको निर्णयअनुसार, चालु चौथो अधिवेशन अन्त्यको सिफारिस प्रदेश प्रमुख समक्ष प्रस्तुत गरिएको थियो। उक्त सिफारिस नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम स्वीकृत भई, अधिवेशन २०८१ चैत ३० गते राति १२:०० बजेदेखि अन्त्य गरिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी गराएको छ।
प्रदेश प्रमुखको कार्यालय, जनकपुरधामबाट जारी विज्ञप्तिमा भनिएको छ कि संविधानबमोजिमको प्रक्रिया पूरा गरी अधिवेशन अन्त्य गरिएको हो। प्रदेश सभा अधिवेशनको समापनसँगै आगामी राजनीतिक तथा प्रशासनिक गतिविधिहरू नयाँ चरणमा प्रवेश गर्ने अपेक्षा गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments