वीरगन्ज तनावपछि सर्वपक्षीय बैठक, स्थिति नियन्त्रणमा सेना परिचालन

5 महीना पहिले प्रकाशित

जनकपुरधाम, चैत ३१ गते । वीरगन्जमा हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्राका क्रममा उत्पन्न विवादलाई समाधान गर्न जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहान साढे १० बजेबाट सर्वपक्षीय बैठक डाकेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार विभिन्न पक्षका प्रतिनिधिहरू बैठकमा सहभागी भइसकेका छन्। शनिबार साँझदेखि आइतबार बिहानसम्मका लागि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो भने स्थिति नियन्त्रणमा लिन सेना समेत परिचालन गरिएको छ।

विवादको जड शनिबार आयोजित शोभायात्रामा भएको भनिएको उच्छृङ्खल गतिविधि र ढुंगामुढाको आरोपमा छ। हिन्दू समुदायले मुस्लिम समूहले मस्जिदबाट आक्रमण सुरु गरेको दाबी गरेका छन् भने अर्कोतर्फ शोभायात्राका सहभागीहरूले नै उत्तेजक गतिविधि गरेको आरोप लागेको छ। यसले दुई पक्षबीच झडप निम्त्याएपछि स्थिति चर्किएको थियो। विवाद समाधानका लागि डाकिएको बैठकमा शान्ति र सद्भाव कायम गर्ने उपायहरूमा छलफल भइरहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?