देशभर वर्षाको प्रभाव : कोशी र मधेसमा भारी वर्षाको सम्भावना
9 दिन पहिले प्रकाशित

जनकपुरधाम, चैत २८ गते । बिहीबार बिहान देशका अधिकांश स्थानहरूमा पानी परिरहेको छ। धेरै ठाउँमा लामो समयपछि वर्षा भएकाले मौसम परिवर्तनले जनजीवनमा केही राहत दिएको छ। स्थानीय वायु, पश्चिमी वायु र भारतबाट भित्रिएको जलवाष्पयुक्त वायुले वर्षालाई तीव्र बनाएको मौसमविद्हarko भनाइ छ। काठमाडौं उपत्यकासहित पूर्वी र दक्षिणी भूभागहरूमा बिहानैदेखि वर्षा भइरहेको छ। काठमाडौंको कीर्तिपुरमा पछिल्लो एक घन्टामा २१ मिलिमिटर वर्षा मापन गरिएको छ।
पूर्वी नेपालका इलाम र झापामा उल्लेखनीय मात्रामा वर्षा भएको छ। इलामको कन्काईमा एक घन्टामा ५२.८ मिलिमिटर, झापाको शनिश्चरेमा २५ मिलिमिटर, अनारमनी र बर्फल्याङमा १० मिलिमिटर वर्षा मापन भएको छ। रौतहटको गौरमा ४६ मिलिमिटर र सिरहामा २० मिलिमिटर वर्षा मापन गरिएको छ। मौसमविद डेविड ढकालका अनुसार अहिले सक्रिय रहेको वर्षा प्रणालीको मुख्य प्रभाव कोशी र मधेस प्रदेशमा देखिएको छ र दिउँसो पनि यी क्षेत्रहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। मौसमविद्हarko भनाइमा १०–५० मिलिमिटर वर्षालाई ‘मध्यम’ र ५०–१०० मिलिमिटरसम्मको वर्षालाई ‘भारी’ मानिन्छ।
कमेन्ट गर्नुहोस्
view comments