‘कृष ४’ मा ऋतिक रोशनको ट्रिपल अवतार, निर्देशनमा पनि डेब्यु गर्दै

4 महीना पहिले प्रकाशित

एजेन्सी, चैत २७ गते । बलिउड सुपरस्टार ऋतिक रोशन अब ‘कृष ४’ मार्फत निर्देशनमा डेब्यु गर्न लागेका छन्। भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार, यस फिल्ममा उनी तीनवटा भूमिकामा—रोहित, कृष र खलनायक—को रूपमा देखिने भएका छन्। सुपरहिरो श्रृंखलाको यो चौथो संस्करणमा दर्शकले ऋतिकलाई फरक-फरक अवतारमा हेर्न पाउनेछन्।

फिल्ममा अभिनेत्री प्रीति जिन्टा मुख्य भूमिकामा रहनेछिन् भने नोरा फतेहीको समेत उपस्थिति हुने बताइएको छ। राकेश रोशन र आदित्य चोपडाले निर्माण गर्ने यो फिल्मको स्क्रिप्ट तयार भइसकेको छ र २०२६ मा छायांकन सुरु हुने योजना बनाइएको छ। हाल ऋतिक ‘वार २’ को छायांकनमा व्यस्त छन् र त्यसपछि ‘कृष ४’ को काम अघि बढ्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?