‘गदर २’ पछि सनी देओलको पारिश्रमिकमा उछाल, ‘जाट’का लागि ५० करोड भारू लिँदै
9 दिन पहिले प्रकाशित

एजेन्सी, चैत २७ गते । बलिउड अभिनेता सनी देओल अभिनीत फिल्म ‘गदर २’ ले बक्स अफिसमा धमाकेदार कमाइ गरेपछि अब उनी नयाँ फिल्म ‘जाट’को प्रदर्शन तयारीमा जुटेका छन्। भारतीय सञ्चारमाध्यम अमर उजालाका अनुसार, सनीले ‘जाट’का लागि आफ्नो पारिश्रमिकमा ठूलो वृद्धि गर्दै ५० करोड भारू लिएका छन्। ‘गदर २’मा उनले २० करोड भारू पारिश्रमिक लिएका थिए, भने त्यसअघि उनी एक फिल्मबाट औसत ६ करोड भारू लिने गर्थे।
गोपिचन्दले निर्देशन गरेको ‘जाट’मा सनी देओलसँगै रणदीप हुड्डा, विनीत कुमार सिंह, रेगिना चसन्द्र, सैयमी खेर र स्वरूपा घोषजस्ता कलाकारको अभिनय रहेको छ। फिल्ममा एक्सन कोरियोग्राफी अनल अरासु, राम लक्ष्मण र वेंकटले गरेका छन्। बहुप्रतीक्षित यो फिल्म १० अप्रिलदेखि हलमा प्रदर्शनमा आउनेछ।
कमेन्ट गर्नुहोस्
view comments