‘हि म्यान’ धर्मेन्द्रको प्रेमकथा: इस्लाम धर्म अपनाएर हेमा मालिनीसँग गरे विवाह
4 महीना पहिले प्रकाशित

एजेन्सी, चैत २७ गते । बलिउडका चर्चित अभिनेता धर्मेन्द्र छ दशकभन्दा लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय छन्। सन् १९६० मा ‘दिल भी तेरा हम भी तेरे’ फिल्मबाट करिअर सुरु गरेका उनी एक्सन हिरोका रूपमा परिचित छन्। ‘हि म्यान’ उपनामले चिनिने धर्मेन्द्रको निजी जीवन पनि उतिकै चर्चा र विवादमा रहँदै आएको छ। हालै, उनकी पत्नी तथा अभिनेत्री हेमा मालिनीले हिन्दुस्तान टाइम्समार्फत आफ्नो वैवाहिक जीवनको रोचक पाटो सार्वजनिक गरेकी छन्।
धर्मेन्द्र र हेमा मालिनीको विवाह सन् १९८० मा इस्लाम धर्मको विधिअनुसार भएको हो। पहिले नै प्रकाश कौरसँग वैवाहिक जीवनमा बाँधिएका धर्मेन्द्रले सम्बन्ध विच्छेद नगरी हेमा मालिनीसँग विवाह गर्नका लागि धर्म परिवर्तन गरेका थिए। प्रकाशसँग उनका चार सन्तान छन्—सन्नी देओल, बबी देओल, भिजिता र अजिता। हेमा मालिनीबाट धर्मेन्द्रका दुई छोरी, इशा देओल र आहाना देओल छन्। ‘शोले’, ‘ड्रिम गर्ल’, ‘राजा जानी’ लगायत थुप्रै फिल्ममा सँगै देखिएको यो जोडी बलिउडको सबैभन्दा लोकप्रिय जोडिमध्ये एक मानिन्छ।
कमेन्ट गर्नुहोस्
view comments