ओमानमा जन्मदिन मनाउँदै रश्मिका मन्दना चर्चामा, विजय देवरकोन्डासँगको सम्बन्धबारे फ्यानका जिज्ञासा

16 घन्टा पहिले प्रकाशित

एजेन्सी, चैत २५ गते । बलिउड अभिनेत्री रश्मिका मन्दना पछिल्लो समय प्रेमसम्बन्धका चर्चाका कारण पुनः चर्चामा आएकी छन्। उनले हालै आफ्नो २९औं जन्मदिन ओमानमा मनाएकी छिन्, जसका केही तस्बिरहरू उनले इन्स्टाग्राममा सेयर गरेकी हुन्। पोस्टमा उनले आफ्ना फ्यानहरूको मायाले जन्मदिनलाई विशेष बनाएको उल्लेख गर्दै धन्यवाद व्यक्त गरेकी छन्। तर, पोस्ट सार्वजनिक भएसँगै फ्यानहरूले कमेन्ट सेक्सनमा उनीसँग विजय देवरकोन्डासँगको सम्बन्धबारे अनेक प्रश्न उठाएका छन्।

रश्मिका र विजयलाई प्रायः सँगै देखिँदै आएकोले उनीहरूबीच प्रेम सम्बन्ध रहेको हल्ला समय–समयमा चल्दै आएको छ। फ्यानहरूले विजयले नै ती तस्बिरहरू खिचेका हुन् कि भन्ने जिज्ञासा राख्दै पोस्टमा विजयलाई ट्यागसमेत गरेका छन्। यद्यपि, दुवैले अहिलेसम्म आफ्नो सम्बन्धबारे कुनै आधिकारिक पुष्टि गरेका छैनन्। हालै रश्मिका अभिनेता सलमान खानसँग फिल्म सिकन्दर मा देखिएकी थिइन्, जुन मार्च ३० मा प्रदर्शनमा आएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?