आर्यन खानको निर्देशनमा बनेको पहिलो सिरिज ‘द ब्याडस अफ बलिउड’ सार्वजनिक
2 महीना पहिले प्रकाशित

एजेन्सी, माघ २२ गते । बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन खानको निर्देशनमा बनेको पहिलो सिरिज ‘द ब्याडस अफ बलिउड’ सार्वजनिक गरिएको छ। सोमबार मुम्बईमा आयोजित एक विशेष कार्यक्रममा नेटफ्लिक्सले सिरिजको घोषणा गरेको हो। उक्त कार्यक्रममा शाहरूख खान, उनकी पत्नी गौरी खान, छोरी सुहाना खान र छोरा आर्यन खानको उपस्थिति रहेको थियो।
कार्यक्रममा शाहरूख खानले छोराको डेब्यू निर्देशनबारे टिप्पणी गर्दै भने, "बाँकी सबै व्यक्तिहरू यसको धेरै ख्याल राख्छन्। म त नाम मात्रको निर्माता हुँ। मेरो छोरो निर्देशनमा आएको छ, यदि उसले मलाई जति माया मिल्यो, त्यसको आधा मात्र पाए पनि पर्याप्त हुनेछ।" नेटफ्लिक्स र रेड चिलिज इन्टरटेनमेन्टले गत नोभेम्बरमा सिरिजको घोषणा गरेको थियो।
‘द ब्याडस अफ बलिउड’ ६ एपिसोडको सिरिज हुनेछ, जसमा बलिउडका चर्चित कलाकारहरूको उपस्थिति रहनेछ। सिरिजमा सलमान खान, शाहरूख खान, रणवीर कपूर, बादशाह, बबी देओललगायत कलाकारहरूको केमियो देख्न पाइनेछ। आर्यन खानको यो निर्देशन यात्रा बलिउड उद्योगमा उत्सुकताका साथ हेरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments