शाहरूख खानको ७६ लाखको घडी चर्चामा

2 महीना पहिले प्रकाशित

एजेन्सी, माघ १४ गते । बलिउड अभिनेता शाहरूख खान हाल घडीको शौक र यसको उच्च मूल्यका कारण चर्चामा छन्। हालै, उनले आइफा २०२५ को प्रि-इभेन्टमा १८ क्यारेड सुनबाट बनेको आडमार्स पिगुएटको लिमिटेड एडिशन घडी लगाएका थिए। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार, यो घडीको मूल्य ७६ लाख ८४ हजार ८२५ भारू पर्छ। यस्तो घडी संसारभरमा केवल २५० मात्र उपलब्ध छन्। महँगा घडीहरूको संग्रह राख्ने शाहरूख यस प्रकारका विशेष घडीका लागि चर्चित छन्।

शाहरूख आगामी फिल्म 'किङ' मा देखिनुहुनेछ। यो फिल्ममा उनी आफ्नी छोरी सुहानासँग अभिनय गर्दैछन्। एक्सन थ्रिलर जनराको यस फिल्मलाई सुजॉय घोषले निर्देशन गरेका हुन् भने गौरी खान र सिद्धार्थ आनन्दले निर्माण गरेका छन्। शाहरूखका प्रशंसकहरू उनका अभिनय मात्र होइन, शैलीका विकल्पहरूको पनि प्रशंसा गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?