सैफ अली खानमाथि आक्रमण गर्ने व्यक्तिको नाम सार्वजनिक

3 महीना पहिले प्रकाशित

काठमाडौं, माघ ६ गते । बलिउड अभिनेता सैफ अली खानमाथि १५ जनवरीमा छुरा प्रहार गर्ने व्यक्तिको नाम सार्वजनिक भएको छ। प्रहरीले आइतबार बिहान पत्रकार सम्मेलन गर्दै आरोपी मोहम्मद शरीफुल इस्लाम शहजादको नाम खुलासा गरेको हो। ३० वर्षीय शहजाद, जो भारतमा विजय दासको नामले बस्दै आएका थिए, शनिबार राति २ बजे ठाणेबाट पक्राउ गरिएको बताइएको छ। उनी मुम्बईमा ६ महिनाअघि आएका थिए र हाउसकिपिङ एजेन्सीमा काम गर्दै थिए।

आरोपीले सैफको अपार्टमेन्टमा चोरी गर्ने नियतले प्रवेश गरेको प्रहरीले जनाएको छ। यद्यपि, आरोपीले सैफमाथि आक्रमण गरेको हो कि होइन भन्ने कुरा प्रहरीले स्पष्ट पारेको छैन। अभियुक्तसँग भारतका कुनै वैध कागजात नभएको र उनलाई बंगलादेशी हुने आशंका गरिएको छ। प्रहरीले उनलाई अदालतमा पेश गरेर हिरासतमा राखेर अनुसन्धान सुरु गर्ने जनाएको छ। यसअघि प्रहरीले छत्तीसगढको दुर्गबाट एक संदिग्धलाई पक्राउ गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?