अभिनेता सैफ अली खानमाथि छुरा प्रहार, अस्पतालमा उपचार जारी

3 महीना पहिले प्रकाशित

एजेन्सी, माघ ३ गते । बलिउड अभिनेता सैफ अली खानमाथि बिहीबार बिहान २ः३० बजे मुम्बईको खारस्थित उनको घरमा छुरा प्रहार भएको छ। आक्रमणमा सैफको घाँटी, ढाड, हात, र टाउकोमा गहिरो घाउ लागेको छ। उनलाई बिहान ३ः३० बजे लीलावती अस्पताल पुर्याइएको थियो, जहाँ शल्यक्रिया गरिएको छ। अस्पतालका सीओओ डा. नीरज उत्तमानीका अनुसार सैफलाई ६ पटक छुरा प्रहार गरिएकोमा दुईवटा घाउ गहिरो छन्, जसमा मेरुदण्ड नजिकैको चोट पनि सामेल छ।

सैफको टोलीले यो घटनालाई चोरीको प्रयास बताएको छ भने प्रहरीका अनुसार आक्रमणकारीले घरभित्र प्रवेश गरी सैफको कामदारसँग विवाद गरेको र सैफले रोकेपछि उनलाई आक्रमण गरेको खुलाइएको छ। घटनामा सैफका एक कामदार पनि घाइते भएका छन्। मुम्बई प्रहरी र क्राइम ब्रान्चको टोलीले अनुसन्धान अघि बढाउँदै तीन जनालाई सोधपुछका लागि हिरासतमा लिएको छ। आक्रमणकारीको परिचय र घटनाको विस्तृत कारण अहिलेसम्म खुल्न सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?