पवन सिंहको तेस्रो विवाहको चर्चा !

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, पुस २९ गते ।  भोजपुरी पावर स्टार पवन सिंह व्यक्तिगत जीवनको कारण फेरि चर्चामा छन्। अहिले चर्चा छ कि उनी तेस्रो पटक विवाह गर्न सक्छन्। ५ जनवरीका दिन उनले आफ्नो ३९औं जन्मदिन लखनऊमा मनाएका थिए। विशेष कुरा के छ भने, यो जन्मदिनमा अभिनेत्री चाँदनी सिंहले सारा ध्यान खिचिन्। उनी रातो सारीमा सिँगारिएर र नयाँ-नवेली बेहुलीझैं देखिएकी थिइन्।

पवन सिंहले आफ्नो पहिलो विवाह २०१४ मा नीलम सिंहसँग गरेका थिए। विवाहको एक वर्षपछि, ८ मार्च २०१५ मा नीलमले आत्महत्या गरिन्। त्यसपछि २०१८ मा उनले ज्योति सिंहसँग दोस्रो विवाह गरे। तर यो सम्बन्ध पनि लामो टिक्न सकेन, र २०२२ मा उनले ज्योतिसँग डिभोर्सको निवेदन दिए। हालसम्म यो मुद्दा टुंगिएको छैन।

पवन सिंहको जन्मदिनमा उनकी आमा प्रतिमा सिंहले अभिनेत्री चाँदनी सिंहसँग विशेष निकटता देखाइन्। प्रतिमाले २०२५ मा ठूलो उत्सव हुने संकेत दिँदै आफ्नो छोराको जीवन परिवर्तन हुने आशीर्वाद दिएको बताइन्। यसै क्रममा, चाँदनीले पवनसँगका तस्वीर र भिडियो आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेपछि यी चर्चा थप चुलिएको छ।

हालसम्म पवन र चाँदनीले यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्। तर फ्यानहरूले यी दुईलाई जोडीका रूपमा हेर्न उत्सुकता व्यक्त गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?