रश्मिका मन्दनाको चोटले फिल्म छायांकन प्रभावित, चाँडै सेटमा फर्किने तयारी
3 दिन पहिले प्रकाशित
एजेन्सी, पुस २८ गते । भारतीय अभिनेत्री रश्मिका मन्दना खुट्टामा चोट लागेका कारण यतिबेला आराम गरिरहेकी छिन्। जिममा कसरत गर्दा लागेको चोटले उनका आगामी फिल्मको छायांकन प्रभावित भएको छ। सलमान खानसँगको फिल्म सिकन्दर को अन्तिम चरणको छायांकन जनवरी १० मा सुरु गर्ने तयारी भए पनि यो प्रक्रिया हाललाई स्थगित भएको छ। रश्मिका थामा र कुबेर जस्ता फिल्महरूमा पनि देखिने भएकी छिन्।
स्वास्थ्य सम्बन्धी अपडेट इन्स्टाग्राममार्फत सार्वजनिक गर्दै रश्मिकाले चाँडै सेटमा फर्किने बताएकी छिन्। उनले केही तस्बिरहरू शेयर गर्दै थामा, सिकन्दर, र कुबेर को छायांकन जारी राख्न उत्साहित रहेको उल्लेख गरेकी छिन्। चोटका कारण ढिलाइ हुन पुगेकोमा उनले निर्देशकहरूसँग माफी मागेकी छिन्। रश्मिकाको पछिल्लो फिल्म पुष्पा २ ले नेपालसहित विश्वभर आक्रामक व्यापार गरेको छ, र यो फिल्म अझै पनि प्रदर्शन भइरहेको छ।
कमेन्ट गर्नुहोस्
view comments