बलात्कार मुद्दामा फरार दोषी पक्राउ, ८ वर्ष कैद र जरिवाना
21 घन्टा पहिले प्रकाशित
काठमाडौं, पुस २४ गते । बलात्कार मुद्दामा झन्डै आठ वर्ष कैद सजाय पाएका फरार प्रतिवादी रामबहादुर सुनारलाई बाँके प्रहरीले पक्राउ गरेको छ। खजुरा गाउँपालिका–२ घर भई हाल नेपालगञ्ज उपमहानगरपालिका–४ मा बस्दै आएका ४५ वर्षीय सुनारलाई प्रहरीले बुधबार बिहान पक्राउ गरी अदालतमा पेश गरेको हो।
२०८० पुस १६ गते बाँके जिल्ला अदालतले सुनारलाई बलात्कार मुद्दामा ७ वर्ष १० महिना २४ दिन कैद सजाय र तीन लाख रुपैयाँ जरिवाना तोकेको थियो। फैसला पछि उनी फरार रहँदै आएका थिए। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अदालतको निर्देशनअनुसार उनलाई सजाय भुक्तानका लागि कारागार पठाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments