भूकम्पका कारण त्रिभुवन विश्वविद्यालयको स्नातक परीक्षा समय थप
1 दिन पहिले प्रकाशित
काठमाडौं, पुस २३ गते । त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको परीक्षा समय १५ मिनेट थप गरेको छ। आज बिहान ६:५० बजे चीन केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पका कारण बिहान ७ बजे सुरु हुने परीक्षा प्रभावित बनेपछि यो निर्णय गरिएको हो।
भूकम्पका कारण विद्यार्थीहरूमा त्रास फैलिएको र परीक्षा सुरक्षासँग सम्बन्धित अन्यौलता सिर्जना भएको थियो। परीक्षा सुरु हुनै लाग्दा भूकम्पको धक्का महसुस भएपछि परीक्षा के गर्ने भन्ने विषयमा छलफल भयो। त्यसपछि परीक्षा नियन्त्रण कार्यालयले देशभरका परीक्षा केन्द्रहरूमा समयमै परीक्षा सञ्चालन गर्न निर्देशन दिएर १५ मिनेटको समय थप गर्ने निर्णय गरेको हो।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार यो निर्णय विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राख्दै गरिएको हो। भूकम्पको प्रभावले विद्यार्थीहरूमा मानसिक दबाब परेको भन्दै थप समयले उनीहरूलाई परीक्षा दिन सहज हुने विश्वास गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments