अल्लु अर्जुनको घर बाहिर तोडफोड, प्रहरीद्वारा ८ जना पक्राउ
6 घन्टा पहिले प्रकाशित
एजेन्सी, पुस ८ गते । हैदराबादस्थित अभिनेता अल्लु अर्जुनको घर बाहिर उस्मानिया विश्वविद्यालयका विद्यार्थीहरूले तोडफोड गरेका छन्। यी व्यक्तिहरू घरभित्र जबरजस्ती प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले रोक्दा, उनीहरूले घर बाहिर रहेका फूलका भाँडाहरू तोडफोड गरेका थिए। केही मिडिया रिपोर्टहरूका अनुसार, उनीहरूले अभिनेता अल्लु अर्जुनको घरमा टमाटर फालेका थिए। घटनामा संलग्न ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।
विद्यार्थीहरूले ‘पुष्पा २’ को प्रिमियरका क्रममा सन्ध्या थिएटरमा भागदौडमा ज्यान गुमाएकी रेवती नामकी महिलाको परिवारलाई एक करोड भारु क्षतिपूर्ति दिन माग गरेका छन्। अभिनेता अर्जुनले पीडित परिवारलाई २५ लाख भारु दिने प्रतिबद्धता जनाउँदै घाइतेहरूको उपचार आफ्नो व्यक्तिगत खर्चमा गरिरहेको बताएका छन्। साथै, उनले आफ्ना फ्यानहरूलाई कुनै पनि प्रकारको अपमानजनक व्यवहार नगर्न र जिम्मेवारीपूर्वक भावना व्यक्त गर्न अपील गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments