महत्वपूर्ण क्वालिफायरमा कर्णालीको ब्याटिङ फेल, जनकपुरलाई जितको अवसर
3 दिन पहिले प्रकाशित
काठमाडौं, पुस ४ गते । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ११९ रनको लक्ष्य प्रस्तुत गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर फिल्डिङ रोजेको जनकपुरले कर्णालीलाई ११८ रनमै सीमित गर्न बलिङमा प्रभावशाली प्रदर्शन गर्यो। कर्णालीका ओपनर जयकिशन कोल्सावाला १ रनमै आउट हुँदा, अर्का ओपनर देव खनालले २४ रन बनाए। अन्य ब्याटरहरू जिशन मक्सुद (१२), विलियम बोसिस्टो (१४), र गुल्सन झा (२५) केही योगदान गर्न सफल भए। जनकपुरका जिमी निशम, ललितनारायण राजवंशी, र मोहसिनले २-२ विकेट लिए।
जनकपुरले फाइनल यात्रा तय गर्न यो लक्ष्य पछ्याउनुपर्नेछ। फाइनलमा स्थान बनाउने टोलीले शनिबार सुदूरपश्चिम रोयल्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। जनकपुर पहिलो क्वालिफायरमा पराजित भए पनि दोस्रो मौका पाएको हो भने कर्णालीले चितवन राइनोजलाई हराएर यहाँसम्मको यात्रा तय गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments