एनपीएल दोस्रो क्वालिफायर: जनकपुरले टस जितेर फिल्डिङ गर्ने

3 दिन पहिले प्रकाशित

काठमाडौं, पुस ४ गते ।  सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा बिहीबार मध्यान्ह हुने खेलका लागि दुवै टोलीले एक-एक खेलाडी परिवर्तन गरेका छन्। कर्णालीले ब्याटर ऋत गौतमको स्थानमा बलर युनिस ठकुरीलाई समावेश गरेको छ भने जनकपुरले अरनिको यादवको स्थानमा युवा ब्याटर मयन यादवलाई खेलाएको छ।

यस खेलको विजेताले फाइनलमा स्थान बनाउँदै शनिबार सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। जनकपुरले पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएपछि दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो। उता, कर्णाली याक्सले इलिमिनेटर खेलमा चितवन राइनोजलाई पराजित गर्दै दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?