कर्णाली याक्स दोस्रो क्वालिफायरमा, चितवनको यात्रा टुंगियो

4 दिन पहिले प्रकाशित

काठमाडौं , पुस ३ गते ।  इलिमिनेटर खेलमा चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा स्थान बनाएको छ। कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याउँदै चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो। रवि बोपाराले ३३ बलमा ५३ रन (३ चौका र ४ छक्का) बनाएर संघर्ष गरेपनि जित दिलाउन असफल रहे। चितवनका अन्य खेलाडीमध्ये कप्तान कुशल मल्लले २१ रन बनाए भने शरद भेषवाकर १० रनमा अविजित रहे। बलिङतर्फ कर्णालीका जिशन मक्सुदले ३ विकेट लिए भने सोमपाल कामी, नन्दन यादव, र विपिन शर्माले समान १-१ विकेट हात पारे।

यसअघि टीयू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले ६ विकेट गुमाउँदै १७५ रनको प्रतिस्पर्धात्मक योगफल खडा गरेको थियो। कर्णालीका ओपनर जयकिशन कोल्सावाला (४३) र विलियम बोसिस्टा (५२) ले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक बनाए। चाडविक वाल्टनले ४६ रनमा अविजित योगदान दिए। बलिङतर्फ चितवनका सोहिल तानविरले २ विकेट लिए भने शरद भेषवाकर, कुशल मल्ल र रवि बोपाराले १-१ विकेट झारे। अब, कर्णालीले फाइनल प्रवेशका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको खेलमा पराजित हुने टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?