शिखर धवन नेपाल प्रिमियर लिगमा सहभागी, कर्णाली याक्सबाट खेल्दै
1 महीना पहिले प्रकाशित
काठमाडौं, कार्तिक २९ गते । भारतीय क्रिकेटका अनुभवी ओपनर शिखर धवन नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आउने भएका छन्। कर्णाली याक्सले आफ्नो टोलीमा उनलाई भित्र्याएको हो। भारतीय खेलाडीहरूलाई विदेशमा खेल्न रोक लगाइएको नीति रहेकाले, धवनले गत वर्ष अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट सन्यास लिएपछि मात्र नेपालमा खेल्न पाएका हुन्। एनपीएल मङ्सिर १५ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा आयोजना हुँदैछ।
धवनले भारतका लागि सन् २०१० मा आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल खेलेका थिए। १६७ ओडीआई खेलमा ६७९३ रन बनाएका उनले ४४.११ को औसत र ९१.३५ को स्ट्राइक रेट कायम गरेका छन्, जसमा १७ शतक र ३९ अर्धशतक रहेका छन्। आफ्नो टी-२० करियरमा ६८ खेलमा १७५९ रन जोड्दै ११ अर्धशतक प्रहार गरेका धवनले अन्तिम पटक सन् २०१८ मा टेस्ट खेल खेलेका थिए। टेस्ट क्रिकेटमा उनले ४०.६१ को औसतसहित २३१५ रन बनाएका छन्, जसमा सात शतक र पाँच अर्धशतक सामेल छन्।
कमेन्ट गर्नुहोस्
view comments