खेसारीलाल यादवको नयाँ फिल्म 'राजा राम'को फर्स्ट लुक सार्वजनिक, प्रशंसकहरूमा उत्साहको लहर
जनकपुरधाम, असोज २० गते । भोजपुरी सिनेमाका सुपरस्टार खेसारीलाल यादवले आफ्नो बहुप्रतीक्षित फिल्म 'राजा राम'को फर्स्ट लुक सार्वजनिक गरेका छन्, जसमा उनलाई भगवान श्रीरामको भूमिकामा देख्न सकिन्छ। यस भूमिकाका कारण उनका प्रशंसकहरू निकै उत्साहित भएका छन्।
मुम्बईमा सार्वजनिक गरिएको फर्स्ट लुकसँगै आयोजित पत्रकार सम्मेलनमा खेसारीलाल यादवले आफ्ना प्रशंसकहरूलाई कामको सकारात्मक समर्थन र प्रशंसा गर्न आग्रह गरे। उनले भने, "म सँधै आफ्नो प्रशंसकहरूको माया र समर्थनका लागि आभारी छु, र मेरो मुख्य उद्देश्य उनीहरूलाई उत्कृष्ट मनोरञ्जन दिनु हो।" साथै, उनले भोजपुरी सिनेमाको विकासमा सबैको सहयोगको आवश्यकता रहेको पनि जोड दिए।
फिल्म 'राजा राम'लाई खेसारीलालले आफ्नो करियरको सबैभन्दा विशेष फिल्महरूमध्ये एक भनेका छन्। यो फिल्ममा उनले चुनौतीपूर्ण र अनौठो भूमिका निभाएका छन्। फिल्मका सबै गीतहरू सारेगामा हम भोजपुरीको यूट्युब च्यानल तथा प्रमुख म्युजिक प्लेटफर्महरूमा उपलब्ध हुनेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments