युवराज सिंहको बायोपिक: रणवीर सिंह र विक्की कौशल दुवै मुख्य भूमिकाका दावेदार
7 महीना पहिले प्रकाशित

काठमाडौं, भदौ ३१ गते । भारतीय क्रिकेटर युवराज सिंहको जीवनमा आधारित बायोपिक निर्माण हुने पक्का भएको छ। सन् २०११ मा क्यान्सरजस्तो गम्भीर रोगसँग लड्दै, उनले भारतीय क्रिकेट टोलीलाई वान-डे वर्ल्ड कप जिताउन महत्वपूर्ण योगदान दिएका थिए। यो बायोपिक निर्माणको जिम्मेवारी चर्चित निर्माता भूषण कुमारले लिएका छन्।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणको रिपोर्टअनुसार, यस फिल्ममा प्रमुख भूमिकामा अभिनेत्री फातिमा सना शेख देखिनेछिन्। फातिमाले यसअघि ‘दंगल’, ‘लूडो’, ‘अजीब दास्तान’, र ‘साम बहादुर’ जस्ता चर्चित फिल्महरूमा आफ्नो उत्कृष्ट अभिनय प्रस्तुत गरिसकेकी छिन्।
युवराज सिंहको भूमिकाका लागि दुई चर्चित अभिनेताहरू रणवीर सिंह र विक्की कौशल प्रतिस्पर्धामा छन्। रणवीर सिंहले यसअघि फिल्म '८३' मा क्रिकेटर कपिल देवको भूमिका निर्वाह गरेका थिए। तर, फिल्मको निर्देशक र अन्य कलाकारको विवरण अहिलेसम्म खुलाइएको छैन।
कमेन्ट गर्नुहोस्
view comments