पेरिस पारा ओलम्पिक्समा ऐतिहासिक विजय: पलेशा गोवर्धनलाई सरकारले ६५ लाख रुपैयाँ प्रदान
3 महीना पहिले प्रकाशित
काठमाडौं, भदौ २८ गते । पेरिस पारा ओलम्पिक्स २०२४ मा ऐतिहासिक कास्य पदक जितेकी पलेशा गोवर्धनलाई सरकारले ६५ लाख रुपैयाँ पुरस्कार प्रदान गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित कार्यक्रममा पलेशालाई ६५ लाख रुपैयाँको चेक हस्तान्तरण गर्दै उनलाई सम्मानित गरे।
यसैगरी, पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई ५ लाख ८५ हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई २ लाख ९२ हजार रुपैयाँको पुरस्कारसहित सम्मान गरिएको छ। यो सम्मान र पुरस्कार राष्टिय खेलकुद विकास नियमावलीअनुसार प्रदान गरिएको हो।
प्रधानमन्त्री ओलीले कार्यक्रममा खेलमा विजय प्राप्त गरेपछि खेलाडीको उत्साह र मनोबल बढाउन छिटो पुरस्कार प्रदान गर्ने र कर नकटाउने नीतिको घोषणा गरे। पलेशा ओलम्पिक इतिहासमा पदक जित्ने पहिलो नेपाली खेलाडी भएकी हुन्।
कमेन्ट गर्नुहोस्
view comments