पलेसा गोवर्धनको ऐतिहासिक योगदान र सरकारको पुरस्कार
काठमाडौं, भदौ १९ गते । पेरिसमा जारी पारालिम्पिक्समा गौरवमय इतिहास रच्दै नेपाललाई पहिलो पटक पदक दिलाउने पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धनसहित अन्य खेलाडीलाई एनसेलले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ। पलेसाको ऐतिहासिक जितलाई कदर गर्दै एनसेलले उनलाई १० लाख रुपैयाँ नगद र अन्य सहभागी पारा खेलाडी तथा प्रशिक्षकलाई थप १० लाख रुपैयाँ सम्मान गर्ने घोषणा गरेको छ। एनसेलले राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी), नेपालसँगको सहकार्य अन्तर्गत यो सम्मान कार्यक्रम सञ्चालन गरेको हो। एनसेलले गत वर्षदेखि नेपाली पारा खेलाडीहरूको तालिम र विकासमा सहयोग प्रदान गर्दै आएको छ।
पेरिस पारालिम्पिक्समा नेपाललाई पहिलो पटक पदक (काँस्य) दिलाउने पलेसा गोवर्धन र उनको पारा तेक्वान्दो टोली आज बिहान स्वदेश फर्किएका छन्। पलेसाले आफ्नो ऐतिहासिक जितबाट देशलाई सम्मानित बनाएकी छिन् र अब सरकारले उनलाई ६५ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार, पारालिम्पिक्स लगायतका ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पदक जित्ने खेलाडीहरूलाई नगद पुरस्कार प्रदान गर्ने व्यवस्था छ, जसअनुसार पलेसाले यो पुरस्कार पाउने भएकी हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments