फिल्म ‘इमरजेन्सी’माथि सेन्सर बोर्डको रोक, सिख समुदायको प्रदर्शन

8 महीना पहिले प्रकाशित

काठमाडौं,भदौ १७ गते । बलिउड अभिनेत्री कंगना रनौतको फिल्म 'इमरजेन्सी' को सेप्टेम्बर ६ मा हुने भनिएको रिलिज रोकिएको छ। सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसनले कुनै व्यक्ति वा धर्मको भावनामा आघात नपुगोस् भन्दै फिल्ममा काटछाँट गर्ने निर्णय गरेको हो। बोर्डले पहिले फिल्मलाई स्वीकृति दिए पनि पछि सर्टिफिकेसन प्रक्रिया रोकिएको थियो।

चलचित्रमा ऐतिहासिक तथ्यलाई विकृत गरिएको आरोप लगाउँदै मुम्बईको चार बंगलास्थित गुरुद्वाराबाहिर सिख समुदायले आइतबार प्रदर्शन गरेका थिए। उनीहरूले फिल्मलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउन र कंगना रनौतविरुद्ध कडा कारबाही गर्न माग गरेका छन्। प्रदर्शनका अगुवाकार जसपाल सिंह सुरीले फिल्मले धार्मिक समुदायबीच झगडा भड्काउन सक्ने चेतावनी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?