जनकपुरधाममा खेलकुदको विकास / खेलकुदको हव बन्दै जनकपुरधाम
4 महीना पहिले प्रकाशित
जनकपुरधाम, भदौ १५ – जनकपुरमा बिगत केही वर्षदेखि ममता तेक्वान्दो दोजाङ्ग संस्थाले युवावर्ग तथा विद्यार्थी भाइबहिनीहरुलाई तेक्वान्दो सिकाउदै आएको छ । जस अन्तर्गत शनिबार ५५ जना विद्यार्थी भाइ बहिनीहरुको सहभागीतामा ग्रेडिङ प्रदान गरिएको छ ।
"स्वास्थ्यको लागि खेलकुद तथा राष्ट्रको लागि खेलकुद" भन्ने मूल नाराका साथमा आयोजना गरिएको खेल स्तरोन्नति कार्यक्रममा खेलाडी विद्यार्थी भाइबहिनीहरुलाई खेल परफर्मेन्सको आधारमा विभिन्न बेल्ट प्रदान गरिएको थियो । उनीहरुलाई प्रशिक्षक उमेश साह गुरु तथा कृष्णा कुमार मण्डल गुरुले प्रशिक्षण दिदै आएका छन् ।
ताइक्वान्दो केवल एक मार्शल आर्ट होइन—यो शारीरिक, मानसिक शक्ति र आत्मविश्वासको बाटो हो, जुन जीवनको जुनसुकै क्षेत्रमा रहेका सबैका लागि उपयुक्त रहेको प्रशिक्षक कृष्ण कुमार मण्डल गुरुको भनाइ थियो।
पछिल्लो समय जनकपुरमा ममता तेक्वान्दो दोजाङ्ग संस्थाले संचालन गर्दै आएको खेलकुद अभियान निकै चर्चामा आएको छ। विद्यार्थी भाइबहिनीहरु तथा युवावर्गहरुलाई सशक्त बनाई दक्ष जनशक्ति निर्माणको उद्देश्य यस संस्थाले राखेको कार्यक्रममा खेलका मुख्य प्रशिक्षक तथा संस्थाका संचालक उमेश साहले बताए । उनले भने , " खेलकुद सम्पूर्ण मानिसलाई स्वास्थ्यका निम्ति अपरिहार्य छ । यसले मानिसमा जोस , जांगर र स्फुर्ती प्रदान गर्दछ भने आत्मरक्षाको साथै आत्म विश्वास पनि यसले बढाउछ । खेलकुदले शारीरिक, मानसिक र संवेगात्मक रुपमा मानिसको विकास पनि गर्ने भएकोले समाजमा अहिले खेलकुदले छुट्टै ठाँउ ओगटेको छ ।"
कार्यक्रममा अध्यक्षता ग्रहण गरेका नेपाल तेक्वान्दो एसोसिएसन ललितपुरका गुरु तिलक लामाले तेक्वान्दो खेल्दा सेल्फ डिफेन्स पावर बढ्ने,आत्मविश्वासी बन्ने , टीमवर्क, नेतृत्व, जवाफदेहि बन्न मद्दत गर्ने र जीवनमा आइपरेका विभिन्न चुनौतीहरूको सामना गर्न यसले सहयोग पुर्याउने भएकोले युवावर्गहरुलाई जुडन आग्रह गरेका थिए।
ताइक्वान्दो मार्शल आर्टका फाइदाहरू:
-
शारीरिक फिटनेस: ताइक्वान्दोले शरीरलाई सुदृढ, चुस्त र स्वस्थ बनाउँछ। यसले तौल नियन्त्रणमा सहयोग पुर्याउँछ।
-
आत्मरक्षा क्षमता: आत्मरक्षा कला सिक्न ताइक्वान्दो प्रभावकारी छ, जसले तपाईलाई खतरनाक परिस्थितिहरूमा सुरक्षित रहन सघाउँछ।
-
आत्मविश्वास वृद्धि: नियमित अभ्यासले आत्मविश्वास बढाउँछ र जीवनमा दृढता ल्याउँछ।
-
मानसिक स्थिरता: यसले मानसिक सन्तुलन, ध्यान र धैर्य बढाउँछ।
-
अनुशासन र समर्पण: ताइक्वान्दोले जीवनमा अनुशासन र समर्पणको महत्त्व सिकाउँछ, जसले अन्य क्षेत्रहरूमा पनि सफलता दिलाउन मद्दत गर्छ।
-
सामाजिक कौशल: यसले साथीहरू र प्रशिक्षकहरूसँग अन्तरक्रिया गराउन सहयोग पुर्याउँछ, जसले टिमवर्क र सामाजिक सम्बन्ध विकास गर्छ।
-
तनाव नियन्त्रण: नियमित शारीरिक अभ्यासले तनाव घटाउँछ र मानसिक शान्ति प्राप्त गर्न सघाउँछ।
कमेन्ट गर्नुहोस्
view comments