काभा प्रतियोगिताका उपविजेता खेलाडीलाई सरकारले दिनेछ जनही तीन लाख: प्रधानमन्त्री ओली

4 महीना पहिले प्रकाशित

काठमाडौं, भदौ ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षाबन्धनको अवसरमा आज बिहान करिब दुई घण्टा राष्ट्रिय महिला भलिबल टिमसँग बिताएका छन्। भेटमा खेल प्रशिक्षक, खेलाडी, र प्रधानमन्त्रीबीच नेपालको भलिबल खेलले हालसम्म हासिल गरेका उपलब्धिहरू, पूर्वाधार विकास, र आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको विजय सुनिश्चित गर्ने उपायहरूबारे छलफल भएको थियो। प्रधानमन्त्रीसँगको यो भेटले खेलाडीहरूलाई अत्यन्त उत्साहित बनाएको खेल नेतृत्वकर्ता र प्रशिक्षकहरूले बताएका थिए।
प्रधानमन्त्री ओलीसँगको छलफलमा टिमका मुख्य प्रशिक्षक जगदीश भट्ट, कप्तान अरुणा शाही, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्द, र खेलाडी सरस्वती चौधरीलगायत सहभागी थिए। प्रधानमन्त्री ओलीले काभा वुमन्स नेसन्स भलिबल प्रतियोगितामा नेपालका खेलाडीले उपविजेता स्थान हासिल गरेकोमा बधाई दिँदै, सरकारको तर्फबाट जनही तीन लाख रुपैयाँ प्रदान गर्ने निर्णय भएको जानकारी गराए। उनले नेपाली टिमको सम्भावना विश्वस्तरका खेलाडीहरूले प्रशंसा गरेको स्मरण गर्दै थप प्रगति गर्न प्रेरित गरे। 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?