‘औरों में कहाँ दम था’ अजयको करिअरमै सबैभन्दा बढी ‘डिजास्टर’ फिल्ममध्ये एक
9 महीना पहिले प्रकाशित

काठमाडौं ,साउन २३ गते । यसैवर्ष ‘शैतान’ले बक्स अफिसमा उछाल कमाइ गरेको बेला बलिउड अभिनेता अजय देवगणको नयाँ फिल्म ‘औरों मे कहाँ दम था’ भने बिर्सनलायक बनेको छ । गत शुक्रबार भारत लगायत विश्वभर रिलिज भएको यो फिल्मले पाँच दिनमा मुस्किलले १० करोड भारु मात्रै कमाइ गर्न सकेको छ ।
जबकि फिल्मको बजेट नै १०० करोड छ ।अजय र तब्बुको शीर्ष भूमिका रहेको ‘औरो मे कहाँ दम था’लाई नीरज पाण्डेले निर्देशन गरेका हुन् । कमाइ निराशाजनक रहेपछि यसलाई अजयको करिअरमै सबैभन्दा बढी ‘डिजास्टर’ फिल्ममध्ये एक बनेको भनेर समेत टिप्पणी भइरहेको छ ।
फिल्मले रिलिजको पाँचौं दिन मंगलबार ९० लाख भारु कमाइ गरेको छ भने सोमबार १ करोड कमाएको थियो । पाँच दिनको कुल नेट कमाइ ८.६५ करोड भारु रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
फिल्मको विश्वव्यापी कलेक्सन ११.७५ करोड भारु छ ।अजयको पछिल्लो फिल्म ‘मैदान’ले बक्स अफिसमा बम्पर कमाइ नगरे पनि विषयवस्तुलाई लिएर निकै प्रशंसा भएको थियो ।शुक्रबार नै रिलिज भएको जान्हवी कपुर अभिनित फिल्म ‘उलझ’ पनि बक्स अफिसमा कमजोर साबित भएको
छ । यो फिल्मले हालसम्म ६.२० करोड कमाइ गरेको छ । सुधांशु सरिया निर्देशित फिल्ममा जान्हवी र गुल्सन देवैयाको शीर्ष भूमिका छ ।
कमेन्ट गर्नुहोस्
view comments