सोचेको भन्दा राम्रो सफलता छोराले पाएपछि आमिर खान गदगद्
9 महीना पहिले प्रकाशित

मुम्बई ,साउन २१ गते । पछिल्लो समय बलिउड अभिनेता आमिर खान निकै खुसी छन् । आफुले सोचेको भन्दा राम्रो सफलता छोराले पाएपछि उनी खुसी भएका हुन् । आमिरका छोरा जुनैद खान पनि अभिनयमा आएका छन् । बलिउडमा आफ्नो पहिलो चलचित्रबाटै जुनैदले अभिनेताको रुपमा स्थान बनाएका छन् । जुनैदको मुख्य भूमिका रहेको चलचित्र ‘महाराज’ हालैमात्र ओटिटी प्लेटफर्मबाट रिलिज भएको छ ।
ओटीटी प्लेटफर्ममा आउनेबित्तिकै यो चलचित्रले हलचल मच्चायो । जुनैदको कामबाट फ्यान मात्र होइन बलिउडका सिनेकर्मीहरु पनि निकै खुसी भए । सबैतिरबाट छोराको कामको प्रसँसा आफुसँग गरिएपछि खुसी भएको बुबा आमिर खानले बताएका छन् । जुनैदको अभिनयको आमिरले पनि खुलेर प्रसँसा गरेका छन् । आफ्नो छोराको प्रगति देखेर आमिर खानले अब सन्यास लिने इच्छा समेत व्यक्त गरेका छन् । छोराले आफ्नो चाहनाले सिनेमा उधोगको यात्रा सुरु गरेको र आफ्नो सहयोग विना पनि सफलता हाँसिल गरेर देखाएको आमिरले बताएका छन् ।
बुबासँग केही चलचित्रमा क्यामेराको पछाडि काम गरेपछि अभिनयमा उत्रिएका जुनैदले टाइम्स अफ इन्डियालाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘मैले पनि बुबासँग काम गरेको छु, म उहाँको चलचित्र पीकेको सेटमा क्यामेराको पछाडि थिएँ । महाराज चलचित्र पूरा गरेपछि मैले तुरुन्तै आमिर खान प्रोडक्सनको चलचित्रमा काम गर्न थालेको छु ।’ आफुले सो प्रोडक्सनमा काम गर्दा किरणले मिसिङ लेडीज बनाइरहेको स्मरण गर्दै उनले भने,‘यसैबीच, बुबाले सन्यास लिन्छु भनिरहेको बेला मैले नै उहाँलाई किन लिनु हुन्न, पर्दैन भनेको छु ।’
आफु चलचित्रमा अभिनेताको रुपमा आउँदा बुबा र आमा निकै चिन्तित रहेको पनि जुनैदले बताएका छन् । आफु असफल हुँदा बुबा आमाले असफलता भोगेको महसुस हुने भएकाले उहाँहरुले चिन्ता मान्नु स्वाभाविक हो भन्छन यी अभिनेता । तर आफुले उत्कृष्ट काम गरेर बुबा आमालाई खुसी तुल्याएको पनि यी अभिनेताले बताएका छन् ।
आफ्नो चलचित्र महाराज आमाबुवा दुवैलाई मन परेको जुनैदले बताएका छन् । उनीको कामले बुबा धेरै खुसी हुने गरेपनि आमालाई खुसी बनाउन गाह्रो थियो, जुनैदले भने, ‘जब महाराजको सुटिङ चलिरहेको थियो, मेरो बुबा एक दिन पनि छायाँकन स्थलमा आउनु भएन । उहाँ पहिलो दिन नै मेरो चलचित्र हेर्न आउनु भयो र काम देखेर खुसीले गद्गद् हुनु भयो ।’
कमेन्ट गर्नुहोस्
view comments