आगामी असोजको ३ गतेदेखि रिलिजमा आउने फिल्म आउटलः दफा २१९’ को टिजर सार्वजनिक

10 महीना पहिले प्रकाशित

काठमाडौं, साउन ७ गते ।  आगामी असोजको ३ गतेदेखि रिलिजमा आउने फिल्म आउटलः दफा २१९’ को टिजर सार्वजनिक भएको छ  ।

टिजरमा सुशीलको एङ्ग्री एक्सन अवतारमा देखिएका छन् ।  विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा सुशीलको अलवा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारको अभिनय छ ।

अमित अग्रहरि निर्माता रहेको फिल्ममा विनोद कठायत कार्यकारी निर्माता र विकास चौधरी सह–निर्माताको रूपमा छन् । फिल्ममा नविन गुरुङको डीओपी, चुल्ठे काजीको एक्सन निर्देशन, साहिल खानको सम्पादन छ ।

सार्वजनिक टिजरमा फिल्मको कथावस्तुको सामान्य जानकारी मात्र दिन खोजिएको छ । संविधान दिवसको दिन रिलिज हुने यो फिल्मले उठाएको कथावस्तु दर्शकका लागि पनि विशेष हुने निर्माणपक्षले बताउँदै आएको छ । केही अगाडि फिल्मको फस्टलुक बाहिर ल्याइएको थियो । जसले चर्चा बटुल्न सफल भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?