त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमध्ये गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला

6 महीना पहिले प्रकाशित

साउन २ गते । पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमध्ये गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको छ ।


बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बसका चालक रौतहटको परोहा नगरपालिका वडा नं ६ का ३५ वर्षीय किशोरकुमार चौधरी र सहचालक चपुर नगरपालिका १० का ४८ वर्षीय ऋषिकुमार सिंहको शवलाई परिवारका सदस्यहरुले सनाखत गरेका हुन् ।

उनीहरु दुवैको शव नेपाल–भारत सीमा क्षेत्रको गण्डक ब्यारेज नजिकै फेला परेको थियो । जुन घटनास्थलभन्दा १०३ किलोमिटर पर हो ।

नारायणगढ–मुग्लिन सडक खण्डको चितवनको सिमलतालमा असार २८ गते बिहान गणपति डिलक्स बस काठमाडौंबाट गौरतर्फ आउँदै गरेको बेला पहिरोमा परेको थियो ।

जिल्ला प्रशासन कार्यालय चितवनले दिएको जानकारी अनुसार अहिलेसम्म १७ वटा शव फेला परेका छन् भने ९ वटा शवको मात्र सनाखत भएको छ । ८ शवको सनाखत हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?