खैरो हिरोइनसहित महोत्तरीका दुई युवक पक्राउ

12 महीना पहिले प्रकाशित

वैशाख ३० गते ।

धनुषाबाट लागूऔषध खैरो हिरोइनसहित महोत्तरीका दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोतरीको बर्दिबास नगरपालिका २ का २३ वर्षीय दिपक महतो र २८ वर्षीय सुभाष परियार रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी उपेन्द्र खरेलका अनुसार दुबैजनालाई शनिबार अपराहन्न साढे ४ बजे ूर्वपश्चिम लोकमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका ९ बडहडीबाट चेकजाँचको क्रममा पक्राउ गरिएको हो ।

दुबैजनाको साथबाट ४।२ ग्राम खैरो हिरोएन जस्तो देखिने लाग्रपदार्थ बरामद गरी ईलाका प्रहरी कार्यालय ढल्केवरमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?