सप्तरीमा धारिलो हतियार प्रहार गरी एक सुरक्षागार्डको हत्या
12 महीना पहिले प्रकाशित

सप्तरी , बैशाख २७ गते ।सप्तरीमा नेपाल बैंकमा कार्यरत एक सुरक्षागार्डको हत्या भएको छ ।
सप्तकोशी नगरपालिका–१ स्थित बैंकमा कार्यरत परशुराम फुयालको हत्या भएको हो ।
धारिलो हतियार प्रयोग गरेको अवस्थामा उनको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उनको राति नै हत्या भएको प्रहरीको अनुमान छ ।
फुयाल सोही वडाका स्थानीय बासिन्दा हुन् ।
यश घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
view comments