मधेस प्रदेशका सांसद र स्थानीय तहका पदाधिकारीलाई नयाँ गठित पार्टीमा सनाखत गर्न निर्वाचनको सूचना जारी

12 महीना पहिले प्रकाशित

बैशाख २६ गते । जनता समाजवादी पार्टी नेपाल विभाजित भएपछि मधेस प्रदेशका सांसद र स्थानीय तहका पदाधिकारीलाई नयाँ गठित पार्टीमा सनाखत गर्न निर्वाचन कार्यालयले सूचना जारी गरेको छ।

प्रदेश निर्वाचन कार्यालय, मधेस प्रदेश, जनकपुरधामले बुधबार एक सूचना जारी गर्दै जसपा नेपाल विभाजन भएपछि गठित नयाँ पार्टी जान चाहने प्रदेश सांसद र स्थानीय तहका पदाधिकारीलाई नयाँ पार्टी गठन भएको २१ दिनभित्र प्रदेश निर्वाचन कार्यालयमा सनाखत गर्न आग्रह गरेको हो।

‘निर्वाचन आयोगको प।सं। ०८०।०८१ का।रा।द। च।नं।४५१ मिति २०८१।०१।२५ गतेको पत्रानुसार राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम ५ बमोजिम आयोगको मिति २०८१।०१।२४ गतेको निर्णयबाट नयाँ गठन भएको ‘जनता समाजवादी पार्टी’ मा सो दल गठन हुनुभन्दा तत्काल अघिको “जनता समाजवादी पार्टी, नेपाल’ को तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य वा स्थानीय तहका सदस्यले त्यसरी नयाँ दल गठन भएको एक्काइस दिन (मिति २०८१।०२।१३) भित्र प्रदेश निर्वाचन कार्यालय, मधेश प्रदेश, जनकपुरधाममा प्रदेश निर्वाचन अधिकारीसमक्ष कार्यालय समयभित्र आफू निर्वाचित भएको सक्कल प्रमाणपत्र र नेपाली नागरिकताको सक्कल प्रमाणपत्र साथमा लिई स्वयं उपस्थित भई सनाखत गर्नुहुन अनुरोध छ’, प्रदेश निर्वाचन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?