जनकपुरधामबाट हतियारधारीले सहकारीको ८० लाख रुपैयाँ लुटे

12 महीना पहिले प्रकाशित

वैशाख २४ गते ।

जनकपुरधामबाट हतियारधारीले सहकारीको ८० लाख रुपैयाँ लुटेका छन् ।

धनुषाको सबैला नगरपालिका १२ रघुनाथपुरको शुभश्री बचत तथा ऋण सहकारीको कर्मचारीबाट जनकपुरधाम उपमहानगरपालिका १९ थुम्हौना भन्ने स्थानबाट आज दिउँसो साढे १२ बजेतिर ८० लाख रकम लुटिएको हो ।

संस्थाका कर्मचारी विरेन्द्र महतोले जनकपुरधामको एक बैंकबाट छुटाएर लग्दै गरेको अवस्थामा मोटरसाइकलमा आएका दुईजना हतियारधारीले लुटेको उनले बताएका छन् । महतो मोटरसाइकलमा आफ्नी श्रीमती रेखासंगै झोलामा ८० लाख रकम लिएर जाँदै गरेका थिए । हतियारधारी चढेर आएको मोटरसाइकलको अन्तिम नम्बर ५४ मात्र रहेको खुलेको छ ।

घटना विषयमा थप अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?