धनुषामा छोरीको अन्तरजातिय विवाह गराएको भन्दै कुटपिट, सामाजबाट बहिष्कार

1 वर्ष पहिले प्रकाशित

२१ गते । जनकपुधाम ,
धनुषामा अन्तरजातिय विवाह गरेको भन्दै छिमेकीहरुले एक परिवारमाथि कुटपिट गरेका छन् । मिथिला बिहारी नगरपालिका वडा नं. १० बस्ने अन्दाजी ९० वर्षीय मुर्ली झा र उनको श्रीमती कलादेवी झालाई स्थानीय ८÷९ जनाले कुटपिट गरेका छन् ।


गत मंगलबार साँझ छिमेकीहरुले तिमीहरुले अन्तररजातिय विवाह गराएर सामाजिक सद्भाव विगारेको र अर्की छोरीलाई तत्काल विहे नगरेमा सामाजिक बहिष्कार गर्ने भन्दै कुटपिट गरेका छन् ।पीडितका बुहारी सरिता झाले ज्युजानको सुरक्षाको माग गर्दै स्थानीय ४० वर्षीय धर्मकान्त झा, ४० वर्षीय सरोज झा, २० वर्षीय नरेश झाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दिएकी छिन् ।


गत सोमबार  सरिताकी २३ वर्षीया छोरी महिमाले धनुषाधाम नगरपालिकाका प्रहन्द शिवहरेसँग प्रेम विवाह गरि हाल काठमाडौँमा बस्दै आएकोमा छिमेकीहरुले उनीहरुलाई घरमा बोलाई विवाह खारेज गर्न दबाब दिँदै ससुरा, सासुलाई कुटेका छन् । सासु, ससुरा र छोरी नातामै पर्ने काजल झाले अन्तरजातिय विवाहलाई प्रोत्साहन गरेको भन्दै उनीहरुले सामाजिक बहिष्कार गरेका छन् । काजलले मंगलबारदेखि नै स्थानीय तथा छिमेकीहरुले आफुलाई बहिष्कार गरेको बताईन् ।


वडासदस्य समेत रहेका धर्मकान्त झासमेतले काजलको समेत विवाह छिट्टो नगराए उनीहरुको जिवनको खैर नरहने भन्दै कुटपिट गरेको पीडित परिवारको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?