मधेश प्रदेश : अधिकांश ठाउँमा चापाकलबाट पानी आउन बन्द

1 वर्ष पहिले प्रकाशित

बैशाख २० गते । अत्याधिक गर्मीसँगै विभिन्न पालिकाको अधिकांश ठाउँमा रहेका चापाकलबाट पानी आउन बन्द भएको छ । पानीको सतह कम हुँदै गएकाले तराईका जिल्लाहरुमा अहिले पानीको समस्या हुन थालेको स्थानीयहरु बताउँछन् ।

धनुषा जिल्लाको कमला नदी बाहेक जलाद, जमुनी, औरही, रातो, भालु लगायतका नदी एक डेढ महिना अगाडिदेखि पानी सुकेको छ । यसैगरी सार्वजनिक पोखरी पनि सुकेको छ, माछा पालन गर्ने पोखरीको पानी सुक्न थालेपछि दिनरात मोटरको सहयोगले पानी भर्ने कार्य जारी रहेको जनकपुरधाम उप– महानगरपालिका–७ का स्थानीय बैद्यनाथ साहले बताए ।

यसैगरी मिथिला नगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकाका चापाकलबाट पानी आउन बन्द भएपछि विद्युतीय मोटरसमेत जलेको स्थानीयहरु बताउँछन् । उनीहरुले भने–‘चार फिटको चापाकलमा जे जति पानी आए पनि त्यो भन्दा कम लेयर रहेको चापाकलबाट पानी आउन बन्द भएको छ । यसरी पानी आउन बन्द भए पनि जानकारी बिना बिद्युतीय मोटर चलाउँदा कति जनाको मोटर नै जलेको बताए ।

बढ्दै गएको गर्मी र पानी नपरेको कारण चापाकल सुक्नुको साथै नदी, पोखरीको पानी सुकेकाले गाई, भैसीलाईसमेत पानी खान समस्या हुँदै आएको छ । मौसमी बर्षा बाहेक अन्य समयमा अकाशे पानी नपर्दा यसरी पानीको मुहान सुक्नुको साथै चापाकल, नदी र तलावमा पानी कम हुनजान्छ, पानी परेपछि सुकेका सबै ठाउँमा फेरि पहिलाकै जस्तो पानी आउन सुरु हुने भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय पर्साका प्रमुख विकास ठाकुरले बताए ।

जाडोयाममा पानीको सतह जमिन माथिसम्म रहेकाले चापाकल, इनार, पोखरी र नदी तलावमा प्रयाप्त मात्रामा पानी रहन्छ, गर्मीयाममा पानीको सतह जमिन मुनी जाने भएकाले सहज रुपमा पानी नभेटिने गरेको तथा मौसम परिर्वतनको कारण यस्तो हुने गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?