जनकपुरको एक होटलमा युवक झुन्डिएको अवस्थामा मृत फेला
1 वर्ष पहिले प्रकाशित

वैशाख १२ गते ।जनकपुरको एक होटलमा एक झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । पीडारीचोक स्थित नमूना होटेल एण्ड गेष्टहाउसमा धनुषाको गणेशमान चारनाथ नगरपालिका ३ बस्ने २५ वर्षीय अमित कुशियैत यादव मृत फला परेका हुन् ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवा अनुसार हिजो साँझ ७ बजे कोठा नं. २०४ बुक गरेर बसेका यादव राति ११ बजे झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
ढोका खुल्लै अवस्थामा कोठा खुल्ला नै थियो । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस अघि मंगलबार दिउँसो मात्रै जनकपुरको रामानन्दचोक स्थित होटल होलि डे एण्ड गेष्टहाउसमा एक महिला र एक पुरुष झुन्डिएको अवस्थामा मृत फेला परेका थिए ।
कमेन्ट गर्नुहोस्
view comments