भोलि वैशाख ४ गते बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादव विश्वासको मत लिने

1 वर्ष पहिले प्रकाशित

वैशाख ३ गते । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भोलि विश्वासको मत लिने तयारी गरेका छन् । सत्ता गठबन्धन फेरिएसँगै सरकारबाट नेपाली कांग्रेस बाहिरिएपछि मुख्यमन्त्री यादवले प्रदेशसभाबाट ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ ।

प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलका अनुसार भोलि वैशाख ४ गते बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिनेछन् । यसका लागि मुख्यमन्त्रीका तर्फबाट प्रदेश सभा सचिवालयमा पत्राचार गरिएको सभामुख मण्डलले पुष्टि गरे ।

मुख्यमन्त्री यादवले १५ महिनामा चौथो पटक विश्वासको मत लिन लागेका हुन् । गत चैत ९ गते मधेस सरकारबाट कांग्रेस बाहिरिँदै सरकारप्रतिको समर्थन फिर्ता लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?