धनुषामा एक महिलाको हत्या
1 वर्ष पहिले प्रकाशित

जनकपुरधाम । बैशाख २ गते ।धनुषामा एक महिलाको हत्या भएको छ । धनुषाको शहिदनगर नगरपालिका ४ ननुपट्टीस्थित खेतमा एक महिलाको शव फेला परेको धनुषा प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार हंसपुर नगरपालिका ७ घर भएकी ५५ वर्षीया शुभ देवी मण्डलको शव आइतबार बिहान करिब सावा ९ बजेको समयमा माइती रहेको शहिदनगर ४ ननुपट्टी स्थित खेतमा शव फेला परेको छ ।
उनका अनुसार शवमा चोटपटक लागेकाले हत्याको आशंका रहेकोमा जिल्ला प्रहरीबाट एसपीको टोली घटना स्थलमा पुगेको छ भने प्रदेशबाट कुकुरसहितको टोली घटना स्थलमा पुगेको हो ।
कमेन्ट गर्नुहोस्
view comments